सुकुम्वासी बस्तीमा डोजर चलाएको भन्दै माइतीघरमा श्रम संस्कृतिको प्रदर्शन


काठमाडौँ । सरकारले सुकुम्वासी तथा अव्यवस्थित बस्तीमा डोजर चलाएको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

शनिवार श्रम संस्कृति पार्टी बागमती प्रदेशले विभिन्न नारा लेखिएको प्लेकार्डसहित उपस्थित भएर प्रदर्शन गरेको हो ।

‘यो देश गरीबको पनि हो,भूमीहिनलाई जमिन दे, यो देह गरिबको पनि हो भन्ने नारासहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

हालै काठमाडौँसहित विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै प्रदर्शनकारीहरूले आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।