दार्चुलामा गयाे भूकम्प


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११५५ बजे भूकम्प गएको हो।

दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४‍‍१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन।

Skip This