प्रतिनिधिसभाको पहिलो दिनमै विपक्षी दलको विरोध


काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएको हो।

बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरे । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।