डेढ किलो चाँदी सहित पक्राउ


काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीबाट प्रहरीले चाँदी सहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर घएका ३२ वर्षीय राजु स्वेतलाई पक्राउ गरेको छ ।

सोमबार अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उालाई नियन्त्रणमा लिएको हो । उनको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको प्रहरीले जनाएको छ ।

नालाबाट च्याम्हासिंह तर्फ आउँदै गरेका स्वेत प्रदेश–३–०२–०२१ प ४३६४ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए ।