काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने भएको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।
यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए ।
यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो । रास्वपा २०७९ सालमा गठन भएको थियो ।




प्रतिक्रिया