तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिका अब खाडी क्षेत्रमा सुरक्षित रूपमा उपस्थित हुन नसक्ने दाबी गरेका छन् ।
उनले खाडीका देशहरूले अब अमेरिकी सैन्य अड्डाहरूका लागि ढालको काम नगर्ने दाबी पनि गरेका छन् ।
मंगलबार हज पर्वको अवसरमा पठाइएको लिखित सन्देशमा उनले पश्चिम एशिया र विश्वमा नयाँ शक्ति संरचना देखा पर्न थालेको बताएका छन् । उनका अनुसार अमेरिका अब यस क्षेत्रमा आफ्नो पहिलेको प्रभाव गुमाउँदै गएको अवस्थामा छ र बदमासी गर्न सुरक्षित ठाउँहरू पनि क्रमशः हराउँदै जानेछन् ।
उनले इजरायल र त्यसका नेताहरू अन्तिम चरणतर्फ पुगेको कडा टिप्पणी पनि गरेका छन् । पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनीको निधन भएर उनका जेठा छोरा मोज्तबा खामेनी सर्वोच्च नेता भएको १० हप्ताभन्दा बढी समय भइसकेको छ ।
तर अहिलेसम्म इरानी जनताले आफ्नो नयाँ सर्वोच्च नेतालाई देखेको वा उनले बोलेको सुनेका छैनन् । पछिल्ला महिनाहरूमा उनले लगातार लिखित सन्देश जारी गर्दै आएका छन् । अमेरिका र इरानले सम्भावित सम्झौताका लागि प्रयास गरिरहेको समयमा खामेनीको यो सन्देश आएको हो । एजेन्सी



प्रतिक्रिया