काठमाडौं, जेठ १८ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन् ।भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा लामिछाने आजदेखि तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।
लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनेछन् । रास्वपा स्रोतका अनुसार, लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
जेठ १९ गते भाजपा मुख्यालयमा हुने कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । लामिछाने जेठ २० गते स्वदेश फर्किने कार्यक्रम तालिका छ ।



प्रतिक्रिया