‘राष्ट्रहितविपरीत अभिव्यक्ति दिने प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ’– एमाले


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ । संसद्‌मा ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले राष्ट्रहितविपरीत काम गरेको ठहर गर्दै एमालेले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको कडा शब्दमा भर्त्सना गरेका छन् । देशको कार्यकारी प्रमुख जस्तो जिम्मेवार पदमा बसेर राष्ट्रिय अखण्डता र सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा कूटनीतिक मर्यादाविपरीत गैरजिम्मेवार अभिव्यक्ति दिनु गम्भीर अपराध भएको एमालेको ठहर छ ।