राष्ट्रियसभाको बैठक मङ्गलबार


काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित भएको छ ।

राष्ट्रियसभाको आजको पहिलो बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरुले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति विमति जनाउँदै बैठक सञ्चालनमा व्यवधान गरेका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । 

दोस्रो बैठकमा पनि सांसदहरुले निरन्तर विरोध गरेपछि अध्यक्ष दाहालले भोलि जेठ १९ गते मङ्गलबार १ः१५ बजेसम्मका लागि बैठक स्थगन भएको घोषणा  गरे ।