टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै


टोकियो (जापन), २० जेठ । पश्चिमी जापानको वाकायामा प्रान्तको दक्षिणी भागमा बुधबार टाइफुन जाङ्मीले अवतरण गरेको जनाउदै जापनपीज मौसम विभागले देश भर अस्थायी रूपमा विभिन्न पाँच स्तरका बाढीका चेतावनी जारी गर्न निर्देशन दिएको छ ।

जापानी मौसम विज्ञान विभाग (जेएमए) ले वाकायामा प्रान्त हुँदै बग्ने कोजा नदीको बाढीका लागि उच्च स्तरको आपतकालीन चेतावनी जारी गरेको छ । यसैबीच अधिकारीहरूले स्थानीय बासिन्दालाई बढ्दो नदीको सतह र सम्भावीत बाढी जन्य खतराका लागि सतर्क रहन आग्रह गरका छन् ।

जेएमएले जापानका पश्चिमी र पूर्वी प्रशान्तका क्षेत्रमा अत्यधिक भारी वर्षाको पूर्वानुमान गरेको छ भने वर्षा सँग सम्बन्धित विभिन्न प्रकोपको जोखिम बारे जनतालाई सतर्क रहन चेतावनी दिएको छ ।

आगामी २४ घण्टामा कान्टो–कोशिन र टोकाई क्षेत्रहरूमा २०० मिलिमिटर र तोहोकुमा १२० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । हाल टोकियोका विभिन्न नदीहरूका लागि बाढीको चेतावनी जारी गरिएको छ । रासस