सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः अध्यक्ष यादव


नेपालगन्ज, २६ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरे ।

अवधि पत्रकार सङ्घ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहजरुपले पुग्न नसकेको भनी त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे ।

अध्यक्ष यादवले गरिबी र बेरोजगारी चरम सीमामा पुगेको अवस्थामा ‘जेनजी’ले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।

Skip This

Omoda E5 Pro