बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर


चितवन, २६ जेठ । ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले १.१२ मा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले १.५६ मा बिक्री मूल्य तोकेको छ । सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका बीचमा नाफा कति होला !

भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री गर्दा यो मूल्य आएको हो । यसरी हेर्दा भरतपुर अस्पतालले खरिद गरेको मूल्य र औषधिको एमआरपी (खुद्रा मूल्य) हेर्दा आठ गुणभन्दा बढी फरक परेको छ ।

उक्त औषधि मात्रै होइन, प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य ३५ प्रतिट्याबलेट पर्ने औषधि स्वास्थ्य बिमाले सात तोकेको छ । अस्पतालले बिमाबाहेककालाई ७.१५ मा कोलेस्ट्रोलका लागि प्रयोग हुने रोजोभास्टिन २० एमजीको खुद्रा मूल्य ३८ छ भने स्वास्थ्य बिमाले ३.३८ र भरतपुर अस्पतालले त्यही औषधि १.७२ मा कलेजोका औषधि युविलिक ३०० एमजी बजार मूल्य ४० छ भने स्वास्थ्य बिमाले ४.०५ र भरतपुर अस्पतालले ११.२६ मा बिक्री गर्छ ।

दम हुँदा तान्ने सेरिडिल २५० को रोटा क्यापको बजार मूल्य प्रतिबट्टा ६०८ छ भने स्वास्थ्य बिमाको ३२३.४० र भरतपुर अस्पतालको ३७७.९० रहेको छ । मधुमेहका बिरामीले खाने इन्फाग्लिप्टिन २५ एमजीको बजार मूल्य ३०, स्वास्थ्य बिमाको १०.५० र भरतपुर अस्पतालको १६.९५ छ ।

अर्का भिटामिन बि १२ का लागि प्रयोग हुने मिथायल कोवालामिन १५०० एमजिीको बजार मूल्य १९.८०, स्वास्थ्य बिमा बोर्डले २.७० र भरतपुर अस्पतालले १०.५३ मा बिक्री गर्दै आएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्ववन्धु बगाले बिमाको दररेटमा कतिपय औषधि बिक्री गर्न कठिन हुने बताउँछन् । बोलपत्रमार्फत खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा जोडेर हुने मूल्य वा बिमाले तोकेको मूल्य जुन सस्तो छ बिमाका बिरामीका लागि सोही आधारमा औषधि बिक्री गर्ने गरेको उनले बताए ।

बगालेले आफू आए लगत्तै खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नहुने गरी दररेट निर्धारण गरेको हुँदा कतिपय औषधिमा बिमाले तोकेकोभन्दा सस्तो दररेटमा औषधि बिक्री गर्न कठिन हुने बताए ।

नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का महासचिव सन्तोष बराल बजार मूल्यको आधारभन्दा सस्तोमा औषधि बिक्री गर्दा नोक्सान हुने बताउँछन् ।

औषधि उत्पादकले थोक बिक्रेतालाई र थोक बिक्रेताले खुद्रा बिक्रेतालाई औषधि बिक्री गर्दछन् । उत्पादक कम्पनीले धेरै मिहिनेत गर्ने हुँदा लागत मूल्य निकै कम हुने औषधिको बजार मूल्य धेरै महँगो हुने गरेको गुनासो आउने गर्दछ । यद्यपी औषधिको नियम र बजार मूल्य सरकारी निकायबाट तय हुने गर्दछ ।

Skip This

Omoda E5 Pro