लामिछानेलाई दुई मतले हराएर अर्याल बने रास्वपा बागमतीको सभापति


काठमाडौं, जेठ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचित भएका हुन् ।

रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार अर्यालले ४१६ मत प्राप्त गरेका छन् भने लामिछानेले ४१४ मत प्राप्त गरे ।

रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको हो ।

प्रदेश सभापति पदका लागि निवर्तमान सभापति लामिछाने र उत्सव अर्याल प्रतिस्पर्धामा रहेका थिए। निर्वाचनअघि प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था रहे पनि प्रमुख उम्मेदवारबिच अघोषित रूपमा समूहगत प्रतिस्पर्धा भएको चर्चा चलेको थियो । निर्धारित समयभन्दा ढिलो मतदान सुरु हुँदा केही प्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।

Skip This

Omoda E5 Pro