प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने


काठमाण्डौं, असार ३ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २५ औँ बैठक अहिले बिहान ११ बजे बस्दैछ। आजको बैठकको दैनिक कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिनेछन्।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा निम्नलिखित मन्त्रालयहरूसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिइने कार्यसूची तय गरिएको छ।