काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाउनासाथ विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका हुन् ।
गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आन्दोलित भएका हुन् । उनीहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै संसद्मा जवाफ माग गरेका छन् । विपक्षी सांसदहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति सच्याउनुपर्ने र संसद्समक्ष माफी माग्नुपर्ने अडान राख्दै आएका छन् ।



प्रतिक्रिया