रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै


काठमाडौं, असार ४ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । असार ७ गतेदेखि ९ सम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरु लिन सचिवालय बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय सचिवालयले महाधिवेशनको कार्यतालिका पारित गर्नेछ भने संशोधित विधानको मस्यौदा अनुमोदन गर्नेछ । महाधिवेशनसम्बन्धी अन्य प्रस्तावहरु पनि पारित गरिने छ ।