काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफु सांसद, मन्त्री हुने मान्छे नभएपनि देशसँगको ‘पिरती’ले आफू मन्त्री बनेको दाबी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
‘म पनि सांसद, मन्त्री हुुने मान्छे त होइन, पिरतीले मन्त्री बनायो । लामो कहानी छ । मेरो पिरती देशसँग बसेको हो । सुरुमा देशसँग बसेको होइन, अमेरिकाबाट घुम्न एकदुई वर्ष भनेर आएको मान्छे गाउँसँग पिरती बस्यो’ उनले भने ।
उनले गाउँबाट जिल्ला हुँदै देशसँग पिरती बसेको पनि बताए ।



प्रतिक्रिया