काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने बताएका छन् । गृहमन्त्री गुरुङले बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सो बारे जानकारी दिएका हुन् ।
हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री गुरुङले बताए ।
‘प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ । अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ,’ उनले भने ।



प्रतिक्रिया