काठमाडौं, असार ५ । प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्नेछन्।
सांसद खडकबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनेर राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृतिका प्रस्ताव प्रस्तुत गर्नेछन्।
नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गर्न राखेको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया