नेकपाकाे सदस्यता नवीकरण तथा वितरण अभियान सुरु


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सदस्यता नवीकरण तथा वितरण अभियान सुरु गरेको छ ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा अभियान सुरु गरेका हुन् ।

नेकपाले सदस्यता नवीकरण तथा वितरण अभियान असार १ गतेदेखि नै गरे पनि शुक्रबार औपचारिक रूपमा सुरु गरेको हो ।