काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटनस्थल वर्षाले जलमग्न बनेको छ ।
गएराति परेको मुसलधारे वर्षाले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौर जलमग्न भएको हो । आज दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशनस्थलका लागि बनाइएको टेन्टभित्रै पानीको दह जमेको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने छन् ।



प्रतिक्रिया