लिङदेनलाई घेराबन्दी गर्न राप्रपाका असन्तुष्ट पक्षको भेला आज


काठमाडौं, असार ७ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी गर्न असन्तुष्ट पक्षले आज भेलाको आयोजना गर्दैछन् ।

केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूले सुकेधारा स्थित लेविज गार्डेनमा सामूहिक भेलाको आयोजना गर्न लागेका हुन् । करिब १०० जना केन्द्रीय सदस्यको उपस्थित हुने अनुमान गरिएको भेलामा कमल थापाको तर्फबाट भरखरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत सहभागी हुँदैछन् ।