काठमाडौं, असार ६ । नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेस सभापति थापाले यसअघि उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय गरेका थिए।
तर, आज सभापति थापा आफैँ रास्वपाको महाधिवेशन उद्घाटनमा सहभागी हुने निष्कर्षमा पुगेको उनी निकट स्रोतले जनाएको छ । यसअघि सभापति थापा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको आज हुने कार्यक्रमको प्रमुख अथिति बन्ने तालिका थियो। तर आज रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन जाने भएपछि थारु संघको कार्यक्रममा उपसभापति भुसाल प्रमुख अतिथि बन्ने भएकी छन् ।



प्रतिक्रिया