काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चितवन पुगेका छन् ।
श्रीमती सविना काफ्ले र छोरीका साथ आज बिहान काठमाण्डौंबाट भरतपुर विमास्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहको परिवार सवार बुद्ध एयरको जहाजमा यात्रुलाई फोटो खिच्न प्रतिबन्ध गरिएको छ ।
जहाजमा सवार एक यात्रुका अनुसार विमानस्थल र जहाजमा प्रधानमन्त्री शाह र उनका परिवारका सदस्यको तस्बिर तथा भिडियो खिच्न रोक लगाइएको हो । सार्वजनिक कार्यक्रमका लागि प्रधानमन्त्री बनेपछि पहिलो पटक उपत्यकाबाहिर पुगेका शाहले भरतपुरस्थित गेष्ट हासउ चोकमा हुने महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री शाहको स्वागतका लागि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की भरतपुर विमानस्थल पुगेका थिए। प्रधानमन्त्री सवार जहाज भरतपुर विमानस्थलमा अवतरण हुनुअघि विमानस्थलमा सरसफाइ पनि गरिएको थियो ।



प्रतिक्रिया