काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि भएको मतदानको समय सकिएको छ । केहीबेर अघि मतदान सकिएको छ । मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो । केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् । गत असार ७ गतेदेखि जारी महाधिवेशनमा ५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।



प्रतिक्रिया