काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।
सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरि राखेको पाइएको हो ।
उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् । स्थानीयले उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर ती चालक फर्किएको बताए पनि प्रहरीले भने थप अनुसन्धान भइरहेको बताएको छ ।
यस्तै,सोमबार बिहानैदेखि यसैगरी अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यसैगरी शंकास्पद गाडी पार्किङ गरिएका थिए । तयसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
ती गाडी प्रहरीले क्रेनको मद्दतले हटाइसकेको छ ।



प्रतिक्रिया