कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।

नेपाल र कोरियाबिच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको छ ।

एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जनाको माग भएको छ । सोही मागका आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको जनाएको छ ।

आवेदन अनलाइनमार्फत २७ जुलाई, २०२६ देखि २ अगष्टसम्म दिन सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको व्यक्तिले आवेदन दिन सक्ने छन् ।

यो सूचना हेर्नहाेस् :