काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धादिङको गल्छीतर्फ प्रस्थान गरेका छन् ।
बुधबार अध्यक्ष ओलीसँगै एमाले महासचिव शङ्कर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, महेश बस्नेत लगायत पनि गल्छीतर्फ प्रस्थान गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा एमाले निकट जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी सङ्गठन, रिटर्नी फेडेरेसन लगायतका स्वयंसेवकहरूको टोली उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा लागिरहेको छ ।




प्रतिक्रिया