पाँच महिनामै राजीनामा दिएर बाहिरिइन् गाैरी यादव


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पदबाट राजीनामा दिएसँगै गौरी कुमारी यादव मन्त्रालयबाट बाहिरिएकी छिन् । बिहीबार दिउँसो उनले प्रधानमनत्री बालेन शाहसमक्ष राजीनामा दिएकी थिइन्।

यादवले बुधबार संसदीय समितिको बैठकमा कर्मचारीहरू उद्योगीको इसारामा मात्र चल्ने गरेको र आफूलाई असहयोग गरेको आरोप लगाएकी थिइन् ।

साथै यादवले ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै अभिव्यक्ति दिएपछि उनी झनै विवादित बनिन् । त्यसपछि उनले आज पद सम्हालेकाे पाँच महिनामै राजीनामा दिएकी हुन् ।

महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् ।