दलित कानुन विद्यार्थी समाजको अध्यक्ष बने भरत विश्वकर्मा


काठमाडौं । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलनले भरत विश्वकर्मालाई अध्यक्ष चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृता दर्जी र अभिजित राम, सचिवमा तारा विश्वकर्मा, सहसचिवमा भरत विश्वकर्मा र मनिषा नेपाली तथा कोषाध्यक्षमा सरिता मीजार चयन भएका छन्।

शिशिर विश्वकर्माको दुई वर्षे कार्यकाल सकिएपछि सम्पन्न सम्मेलनलाई कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा लगायतले शुभकामना दिएका थिए ।