काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन् । आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापन पत्र बुझ्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएको टिप्पणी गरे ।
उनले एमाले स्वतन्त्रताका निम्ति लड्दै आएको पार्टी भएकाले अझै पनि त्यसका लागि सङ्घर्ष नछाड्ने बताए । ओलीले स्वतन्त्रताको लडाई अझै नसकिएको भन्दै त्यसको परास्त गर्न लागिरहनु पर्नेमा जोड दिए ।
‘हाम्रो सङ्घर्ष कहिले कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला । अहिले फेरि रोक्ने कोसिस भइरहेको छ,’ उनले भने ।
ओलीले अबको प्रतिगामी र स्वतन्त्रता विरोधी कदम लामो समयका लागि टिक्न नसक्ने भन्दै राणा र शाही शासनको उदाहरणसमेत दिए ।




प्रतिक्रिया