म्याग्दीमा पहिरोले घर पुरियो, २ जना बेपत्ता


पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको पाउदार गिवाङमा पहिरोले घर पुरिएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिएको हो । 

घरमा २ जना रहेको र उनीहरू सम्पर्कमा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । म्याग्दीमा अहिले पनि निरन्तर पानी परिरहेको छ ।