काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमान्डुले ९.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। काठमान्डुका डेभिड वार्नरले अविजित ४४ र विलियम बोसिस्टोले अविजित २३ रन बनाए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो। उसका रुपेश सिंहले सर्वाधिक २६ तथा एन्जेलो म्याथ्युजले २२ रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
काठमान्डुका सन्तोष यादवले तीन विकेट लिए भने सहन आरच्चिगेले दुई विकेट हात पारे। करण केसी, जहानदाद खान, शाह आलम र देव शाहले एक–एक विकेट लिए।
पाँच खेल खेलेको विराटनगरको यो तेस्रो हार हो। तीन खेल खेलेको काठमान्डुले दुई जित र एक हारसहित आफ्नो प्रदर्शन सुधार गरेको छ।




प्रतिक्रिया