काठमाडौं । सिन्धुलीको खुर्कोट नजिकै जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी दुर्घटना हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार आज दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीले घाइतेहरूको उद्धार गरिरहेका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।
दुर्घटनाको कारण र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया