प्रधानमन्त्री देउवा आज बेलुकी पौने ८ बजे काठमाडौं आइपुग्ने


काठमाडौं, असोज १२  । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिएर आज स्वदेश फर्कदै छन् ।

देउवा आज बेलुकी पौने ८ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।उनी असोज ३ गते महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए ।

प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशसँग भेटवार्ता पनि गरेका थिए ।

न्यूयोर्कमा रहँदा देउवाले सार्क क्षेत्रका केही राष्ट्रप्रमुखसँग पनि भेटवार्ता गरेका थिए । देउवा नेपाल फर्कने क्रममा ओमानको समेत भ्रमण गरेका थिए ।