नेपाल पत्रकार महासंघको प्रदेश समिति चयनका लागि मतदान (फोटोफिचर)

काठमाडौँ,२३ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्नुहुनेछ । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।(रासस)
0
Shares

काठमाडौं, बैशाख २२ । नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि आज मतदान भइरहेको छ । ७ वटा भौगोलिक प्रदेश र काठमाडौं उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० वटा समितिमध्ये ५ वटामा मतदान सुरु भएको हो ।

प्रदेश नम्बर ४, ५, ६, प्रतिष्ठान र एसोसिएटतर्फका समितिका सबै पदमा निर्विरोध भइसकेको छ । काठमाडौं उपत्यकाको मतदान नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भइरहेको छ ।

अन्य जिल्ला शाखाको मतदान सम्बन्धित जिल्लाकै कार्यालयमा चलिरहेको छ । पत्रकार महासंघमा पहिलो पटक साधारण सदस्यको प्रत्यक्ष मतदानबाट प्रदेश समितिका पदाधिकारी चयन हुन लागेको भए पनि धेरै जसो पदमा मुख्य ३ दल निकटका पत्रकार भागबण्डा गरेर निर्विरोध चयन भएका छन् ।

नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सिन्डिकेट कायम राखेर पद भागबण्डा गरेको भन्दै अन्य दल निकट पत्रकारले यो चुनाव बहिष्कार गरेका छन् ।

केहीले भने भागबण्डा गर्नेलाई निर्विरोध हुन नदिने भन्दै उम्मेदवारी दर्ता गरेका कारण मतदान नै गर्नुपरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे