काठमाडौं, ६ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल तनाबमा परेकी छिन् ।
स्रोतका अनुसार मन्त्री यादवले आफूलाई राज्यमन्त्रीको हैसियतमा काम गर्ने अधिकार दिने आशमा रहेपनि अन्ततः उनको आशा निराशामा परिणत भएको छ। यादवले उनलाई धोका दिएको भन्दै अहिले मन्त्रालयमै गाँईगुँई हल्ला मच्चिएको छ । मन्त्री यादवले आफूलाई धोका दिएको भन्दै राज्यमन्त्री अर्याल अहिले तनाबमा समेत रहेकी छिन् ।
मन्त्री यादव र राज्यमन्त्री अर्यालबीच सूरुवातदेखि नै सम्बन्ध तित्तता रहेको बुझिएको छ । राज्यमन्त्री अर्यालले अहिलेसम्म मन्त्री यादवको कार्यकक्ष समेत प्रवेश गर्ने वातावरण बनेको छैन ।
सम्बन्धित समाचारहरु :
मन्त्री यादवले राज्यमन्त्रीलाई हट्नुुहोस भनेपछि स्वास्थ्य मन्त्रालयमा तनाब
स्वास्थ्यमन्त्री उपेन्द्रले राज्यमन्त्री अर्याललाई ‘पेन्डुलम’ बनाए
स्वास्थ्यमन्त्री यादवले मेडिसिटी अस्पतालमा पुगेर यसो भने (फोटोफिचर)
नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्दैछौं : स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइनेः मन्त्री यादव
फोरम निकट उच्च स्रोतले दिएको जानकारी अनुसार मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि उक्त मन्त्रालयको राज्यमन्त्रीमा आफ्नै पार्टीको राज्यमन्त्री ल्याउनेबारे जानकारी गराईसकेका छन् । तर, यता आफ्नै पार्टीकी नेतृ समेत रहेकी राज्यमन्त्री अर्याललाई भने प्रधानमन्त्री ओलीले समेत वास्ता गरेका छैनन् । प्रधानमन्त्री र उपप्रधानमन्त्री यादवले नै भाउ दिन छोडेपछि अहिले राज्यमन्त्री अर्याल बिरक्तिएकी छिन् ।




प्रतिक्रिया