असार ६ । विश्वकप फुटबल अन्तरगत आज भएको पहिलो खेलमा
पोर्चुगलले मोरक्कोलाई एक शुन्य गोलले हराएको छ । आजको हारसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
पोर्चुगलले भने एक खेलमा बराबरी र एकमा जित निकाल्दै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे ।
सम्बन्धित समाचार :
स्पेन र पोर्चुगल : ३-३ को बराबरी, रोनाल्डोको ह्याट्रिक
विश्वकप आजको खेलः रोनाल्डोविरुद्ध रामोस
उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।
खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए ।
इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय आफ्नो नियन्त्रण राखेर हार भोगेको थियो । राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी देखियो ।
आजै इरान र स्पेन तथा उरुग्वे र साउदी अरेबिया खल्दैछन् ।




प्रतिक्रिया