काठमाडौं, ३० मंसिर । नयाँ अध्यादेशबमोजिम संवैधानिक परिषदको बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बैठकमा सहभागी छन् ।
यसअघि गणपूरक संख्या पुग्न परिषदका सबै सहभागी उपस्थित हुनुपर्नेमा नयाँ अध्यादेशमार्फत् ऐन संशोधन गरी कुल सदस्य संख्याको बहुमत भए पुग्ने बनाइएको छ ।
प्रधानन्यायाधीशको साथ पाए संवैधानिक निकायमा ओलीले एकलौटी नियुक्ति गर्न सक्ने (अध्यादेशसहित)
आजै अध्यादेशमार्फत प्रधानमन्त्री ओलीले ऐन संशोधनका लागि सिफारिश गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई तत्काल जारी गरेकी थिइन् ।
संसद बिघटन गरी मध्यावधि घोषणासम्मको तयारी
नयाँ अध्यादेश आएपछि संवैधानिक परिषदको बैठक सुरु, देउवा र सभामुख सापकोटा गएनन्
ओलीविरुद्ध आक्रामक रणनीति बनाउँदै प्रचण्ड, खुमलटारमा भेला





प्रतिक्रिया