काठमाडौं, ७ माघ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । दाहाल–नेपाल पक्षले काठमाडौंको रत्नर्पाकमा माघ ९ गते जनप्रदर्शन गर्ने कार्यक्रम छ । त्यसकै तयारीस्वरुप आज काठमाडौमा मोटरसाइकल र्याली निकालिएको जनाईएको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया