टीकापुरबाट विप्लवका नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ


कैलाली, माघ १० । नेकपा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको ३ जना नेता कार्यकर्तालाई प्रहरीले शनिबार कैलालीको टीकापुरबाट पक्राउ गरेको छ।पक्राउ परेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै आह्वान गरिएको नेपाल बन्द गरेको क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन्।