काठमाडौं, २ बैशाख । कर्मचारी बचत खाता खोल्ने ग्राहकको सुरक्षणका लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम नेपाल बंगलादेश बैंकले भुक्तानी गरेको छ ।
बैंकले स्व. भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतको दुर्घटना बीमाबापतको १५ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ ।
बैंकको बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमिक भई काम गरेका थिए । १५ लाख रुपैयाँको चेक बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले बस्नेतकी श्रीमती पार्वतीलाई हस्तान्तरण गरेका हुन् । हाल बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।




प्रतिक्रिया