यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी


काठमाडौं, २ बैशाख । साताको कारोबारको अन्तिम बिहीबार (आज) नेप्सेले पुरानो रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बिहीबार (आज) नेप्से २०.६७ अंकले बढेर २७ सय ३५ दशमलव ४६ उच्च विन्दुमा पुगेको हो ।

आज सबैभन्दा एनआइसिया लघुवित्तको धेरै कारोबार भएको छ । कम्पनीको ४९ करोड ८९ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । आज १८ सय ६८ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यसैगरी, निफ्राको ४९ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैकको आज ५ सय ९५ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको नेप्सेले जनाएको छ ।