काठमाडौं, १५ असार । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । यसअघि विपक्षी गठबन्धनमा आवद्ध दलका नेताहरुले सम्पादकहरु, राजनीतिक विटमा काम गर्ने पत्रकाहरु र विभिन्न पेशागत संघ÷संगठनका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । सभामुख सापकोटाको सचिवालयले जनाएअनुसार सभामुख सापकोटाले सम्पादकहरुसँग आज अपरान्ह संसद् भवनस्थित् ल्होत्से हलमा अन्तरक्रिया गर्न लागेका हुन् ।
हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटालाई प्रचण्डको कार्यकर्ता भएको संज्ञा दिएका थिए । उनले संसद् भवनमा अन्तरक्रिया गर्न दिईएकोमा पनि आक्रोश पोखेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गरेको भोलिपल्टै अर्थात आजै उनले सम्पादकहरुसँग अन्तरक्रियाको आयोजना गरेका हुन् । file photo




प्रतिक्रिया