साफ च्याम्पियनसिपको फाईलनमा नेपाल र भारत भीड्ने


काठमाडौं, २८ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। आगामी शनिबार हुने फाईनमा नेपालले चिरपरिचित भारतको सामना गर्ने भएको छ । हिजो (बुधबार) माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ।

उता, भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै उपाधिका लागि नेपालसँग भिडन्त पक्का गर्यो। जारी प्रतियोगितामा भारत अपराजित टिम हो ।

भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रहयो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । यसअघि १ अंक जोडेको श्रीलंका समूह चरणबाट बाहिरिएको थियो । फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछ। file photo