विश्वकप छनोटः कोलम्बियामाथि पेरुको जित


काठमाडौं, १५ माघ । फिफा विश्वकप फुटबलको छनोटमा पेरुले कोलम्बियामाथि जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार पेरुले कोलम्बियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८५औं मिनेटमा पेरुका एडिसन फ्लोरेसले गोल गरे । फ्लोरेसको गोल जितका लागि प्रयाप्त रह्यो ।

यस जितसँगै पेरुले १५ खेलमा २० अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।

कोलम्बिया १७ अंकका साथ छैटौं स्थानमा छ ।