काठमाडौं, १३ चैत्र । शिलापत्र नेपाल बिम्बमा पाँच विधाका पाँच जना उत्कृष्ट फोटोग्राफरलाई सम्मानसहित पुरस्कार वितरण गरिएको छ ।
आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत् उत्कृष्ट पाँच जनालाई पुरस्कार वितरण गरिएको हो ।
पाँच विधामध्ये कल्चर एण्ड फेस्टिबल विधामा प्रसन श्रेष्ठ, ल्याण्डस्केप विधामा निरोज पौडेल, पोट्रेट विधामा सरोज बैजू, स्ट्रिट विधामा सिद्धार्थ महर्जन र वाइल्ड लाइफ विधामा विनय रावलको फोटो उत्कृष्ट भएको हो ।
उत्कृष्ट पाँच जनालाई ५० हजार नगद, फोटो बुकसहित सम्मानपत्र वितरण गरिएको छ । गत भदौमा शिलापत्रले प्रतिस्पर्धाका लागि आह्वान गरेकोमा ५ हजार फोटो प्राप्त भएका थिए ।
त्यसमध्ये हरेक विधामा ५र५ जना छनोट भएका थिए । प्रतियोगिताको निर्णायकमण्डलमा फोटोपत्रकारहरू मिनरत्न वज्राचार्य, गोरख विष्ट र स्कन्द गौतम थिए ।




प्रतिक्रिया