शिक्षा क्षेत्रमा चरम राजनीति हुँदा विकास हुन सकेन : प्रकाशमान सिंह


काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका छन् ।
आज राजधानीमा कन्या मन्दिर माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव (हीरक जयन्ती) समारोह कार्यक्रममा सम्वोधन गर्दै नेता सिहले यस्तो टिप्पणी गरेका हुन् ।

राजनीति भनेको राजनैतिक क्षेत्रमा मात्र गर्नु पर्ने कुरा सबै दलहरूले बुझ्न आवश्यक रहेको उनको भनाइ थियो । शिक्षा क्षेत्र सबै भन्दा महत्वपुर्ण क्षेत्र हो भन्दै उनले यसमा नारा दिएर मात्रै सुधार नहुने स्पष्ट पारे । नेता सिंहले मौका पाउदा काम गरेर देखाउने समय भइसकेको छ भन्दै शिक्षा क्षेत्रमा चरम राजनीतिक करणको कारण मुलुको शिक्षा क्षेत्रमा नागरिकले चाहेको जस्तो सुधार हुन नसकेको बताए । संविधानले भनेजस्तै आधारभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुच पुग्न नसकेकाले सबैको ध्यान जानु पर्नेमा उनले जोड दिए ।

साथै परिवर्तन ल्यान मिलेर संघर्ष गरेका राजनीतिक दलहरुले परिवर्तन लाई संस्थागत गर्न का लागि पनि मिलेर जानू पर्ने सिंहले बताएका छन्। नागरिक लाई अधिकार दिलाउन जुन राजनीतिक परिवर्तन आयो तर अधिकारसंगै सम्पन्नताको अभियानको अनुभुत गर्ने अवस्था बनी नसकेकाले सम्पन्नता को अनुभुति गराउन सबै मिलेर लागि पर्नु पर्ने आवश्यकता रहेको औंल्याए। कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने शिक्षक कर्मचारी सहयोगि दाताहरुलाई सम्मान समेत गरिएको थियो ।