काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको ओैचित्य अझै नसकिएकाले स्थानीय आवश्यकताका आधारमा गठबन्धन भित्रका दलहरु बिच तालमेल गरेर जानू पर्ने बताएका छन् ।
आज राजधानीको बुद्ध नगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा कहाँ कसरी तालमेल गर्ने बिषयमा छिटै दलहरु बसेर मोठडालिटि तय हुने समेत बताए ।
नेता सिंहले भने,‘कांग्रेसको संसदमा उपस्थिति कस्तो थियो ? कसरी कस्का कारण कांग्रेस नेतृत्वमा सरकार निर्माण भयो यी सबै कुरा सबैले ख्याल राख्नु पर्छ । के अब गठबन्धनको ओैचित्य सकिएको होत ?’ उनले वास्तविकक धरातलमा उभिन सबैलाई अपिल गरेका छन् ।
उनले नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी कांग्रेस भएको कुरा नबिर्सन सबैमा आग्रह समेत गरे । अब चुनावी नजिक आईसकेकाले कुन पार्टीले के गरिरहेकोछ जनताले लेखाजोखा गर्ने बेला आएको पनि उनको भनाई थियो । नेता सिंहले कस्ले कुन समयमा देश र जनताका लागि के गर्यो यसको सहि मुल्यांकन गर्नु पर्ने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई बिगतको पनि समीक्षा गरेर आफ्नो मत दिन समेत आग्रह गरे ।
फरक प्रसंगमा बोल्दै सिंहले परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर कान्तिकारी कुरा गरेर राजनीतिमा आएको पार्टी विवेकसिल साझाको हालत के भयो भन्दै राजनीतिमा नारा र भाषणले मात्रै चल्दैन भन्ने कुरा पुष्टि भएको समेत जिकिर गर्दै उनले भने,‘आज ती पार्टीका नेताको गतिबिधि कस्तो छ, पार्टी कस्तो छ सबैले देखे सुनेकै होला भन्दै भ्रम छर्नेहरु बिस्तारै जनता माझ नाङिगिदै जान्छन् ।’
अब महानगर बासिले जनताले तिरेको कर बैकमा जम्मा गरेर ब्याज खाने खाल्को मेयर छान्ने कि जन्ताको कर बाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले गम्भीरता साथ सोचेर निर्णय लिन समेत काठमाडौ महानगर बासिलाई अपिल समेत गरे ।




प्रतिक्रिया