काठमाडौं, २२ चैत्र । आसन्न स्थानीय तहको चुनावमा सहभागी हुने सबै राजनीतिक दलहरुलाई निर्वाचन आयोगले मंगलबार बोलाएको बैठकमा नाराबाजी भएको छ ।
आयोगले आचारसंहिता पालना गर्नका लागि छलफल बिनै लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि विभिन्न दलले आपत्ति जनाएर विरोध सुरु गरेका हुन् ।
आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आचारसंहिताबारे छलफल गर्न सबै दलका प्रतिनिधिलाई बोलाएको थियो ।




प्रतिक्रिया